रामेछापबाट काठमाडौं जान जिप्रका काठमाडौंको अनुमति अनिवार्य



२४ असार, रामेछाप ।
रामेछाप जिल्लामा लकडाउन कायम रहेपनि जिल्लाभित्र यातायात पूर्ण रुपमा सञ्चालनमा आएको छ । लकडाउन खुकुलो भएपनि रामेछापबाट काठमाडौं सिधा यातायात सञ्चालन हुन सकिरहेको छैन् । रामेछापबाट काठमाडौ जानको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति अनिवार्य गरिएको छ ।

राजधानी काठमाडौंबाट दैनिक रुपमा जिल्ला भित्र्न यातयातलाई जिल्ला प्रहरी कार्यालय रामेछापले स्थानीय तहका जनप्रतिनिधिको सिफारिसमा मात्र प्रवेश गर्न दिने गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रहरीले स्थानीय तहका जनप्रतिनिधिले अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने सिफारिस पठाएपछि मात्र प्रवेश गर्न दिने प्रावधान लागू गरेको छ ।

जिल्लाभित्र लकडाउन कायमै रहेपनि अहिले रामेछापका विभिन्न नाका हुँदै दैनिक रुपमा एक दर्जन भन्दा बढी सार्वजनिक सवारी साधनहरु यात्रु लिएर काठमाडौंबाट जिल्ला प्रवेश गर्ने गरेका छन् । जिल्लाभित्र सहज रुपमा यातायात सञ्चालन भएपनि अन्य जिल्लामा जान जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले रामेछापबाट काठमाडौ जाने गाडीको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘समस्या पर्नेहरुलाई काठमाडौं पठाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर मात्र पठाउने गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्