रामेछापमा ट्याक्टर पल्टिएर तीन टुक्रा भयो, दुई जनालाई अस्पताल लगिदै



२६ असार, रामेछाप ।
रामेछाप नगरपालिका–१ स्थित खोल्मा गाउँमा आज टयाक्टर दुर्घटना भएको छ । मन्थली नगरपालिकाबाट सामान लिएर जाने क्रममा दिउँसो साढे १२ बजे टयाक्टर दुर्घटना भएको हो । दुर्घटना हुँदा टयाक्टर तीन टुक्रा भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएका चालक र सह चालकलाई अहिले थप उपचारको लागि तामाकोसी अस्पतालमा ल्याइदैछ । दुर्घटनामा परी टयाक्टर तीन टुक्रा भएपनि चालक र सह चालकको अवस्था अहिलेसम्म सामान्य नै रहेको ढुंगानाले बताए । सडकबाट करिब डेढ सय मिटर तल खसे पनि टयाक्टर र चालक र सह चालक भने बाँच्न सफल भएका छन् ।

विस्तृत विवरण केही समयमा

प्रतिक्रिया दिनुहोस्