खाँडादेवी गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँछौः अध्यक्ष तामाङ



२८ असार, रामेछाप ।
कृषि क्षेत्रको विकास गर्ने नीति लिएको खाँडादेवी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाएको छ । परम्परागत रुपमा गर्दै आएको कृषि प्रणालीबाट सुधार नहुने निष्कर्ष सहित गाउँपालिकालाई किसानलाई व्यवसायीक र यान्त्रिकिरणतर्फ प्रेरित गर्ने कार्यक्रम ल्याएको हो ।

गाउँपालिको नौ वटै वडाको पहिचान गरेर माटो सुहाउदो कृषि व्यवसाय अगाडि बढाइरहेको छ । गाउँपालिको किसानलाई सेवा दिने उदेश्यले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको कार्यालय माकादुममा आयोजित एक कार्यक्रमकोबीच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषकहरुलाई उक्त कृषिजन्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।गाउँपालिकाका अध्यक्ष तामाङले गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने आधार तयार पारिएको बताए । उनले यस अवधिमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रमको साथ बजेट निर्माण गरिएको बताउदै अब कृषि क्षेत्रमा विस्तारै गाउँपालिकाका आत्मनिर्भर हुँदै निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।

गाउँपालिकाले ९ वटा मनिटिलर, १८ वटा मकै छोडाउने विद्युतीय मेसिन, घाँस काट्ने मेसिन ५ वटा, ब्याट्री स्प्रे ठूलो २७ र हाते ९ वटा, खाडाल खन्ने मेसिन एक वटा, सिकेन्चर २२ वटा, हजारी १२ वटा, सामाग्री हाल्ने क्रेट १ सय ४० वटा,फलफूल टिप्ने मेसिन ९ वटा, दाँते ११ वटा, रुंखको हाँग काट्ने सानो कैचीं १२ र ठूलो एक वटा, मकै छोडाउने हाते मेसिन ९ वटा डिजिटल ब्यलेन्स तराजु २१ वटा र सेलिङ प्लान्ट रुख रोप्ने मिसिन लगायतको सामाग्री हस्तान्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्