प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै



२९ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने भएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन्। उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्ने भएका छन् । ओली विसं २०७४ फागुन ३ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली तीन वर्ष चार महिना प्रधानमन्त्री भएर आज बाहिरिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्