गलत समाचारको पछि नलाग्न कुलमान घिसिङको आग्रह



३० असार, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बारेमा सामाजिक सञ्चालनमा आइरहेका गलत समाचारको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको फैसला अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै घिसिङलाई पुनः प्राविधिकरणको कार्यकारी बनाउनु भन्ने दावी सहित सामाजिक सञ्चालनमा अभियान नै चलाएपछि उनले गलत समाचारको पछि नलाग्न आग्रह गरेका हुन् । घिसिङले आफ्नो फेसबुक पेजमा लेखेका छन–मेरो बारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेका छन, यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनहुन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्