मन्थलीमा रोकिराखेको ट्याक्टर चलाउने दुई बालक गम्भीर घाइते



२ साउन, रामेछाप ।
मन्थली नगरपालिका–३ ठूलीमदौ स्थित माझगाउँ जाने सडकको भित्तामा रोकिराखेको ट्याक्टर चलाउने दुई बालक गम्भीर घाइते भएका छन् । शनिवार दिउसो बाख्रा चराउन जाने क्रममा दुई जना दाजुभाई मिलेर मिलेर रोकिराखेको ट्याक्टरको स्टेरिङ घुमाउदा ट्याक्टर दुर्घटना भएको हो ।

ना ६ त ५५६० नम्बरको खाली टयाक्टरको स्टेरिङ घुमाएपछि उक्त ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

ट्याक्टर दुर्घटना हुँदा मन्थली नगरपालिका–३ का कृष्ण बहादुर खत्रीको जेठो छोरा बर्ष १२ का लक्ष्मण खत्री र कान्छो छोरा ९ बर्षका रामचन्द्र खत्री रहेका छन् ।घाइते लक्ष्मणको छाती, भुँडी र टाउकोमा गम्भीर चोट लागेको छ भने रामचन्द्रको टाउको कम्मर र कोखमा चोट लागेको छ ।

घाइते दुवै जनाको तामाकोसी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार दुवै जना बालकको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्