संसदमा विश्वासको मतमाथि मतदान हुँदै (फोटोफिचर)



३ साउन, काठमाडौं ।
प्रतिनिधिसभा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया अगाडि बढेको छ । संसद सचिवालय मतदानको लागि मत दिने, नदिने र तटस्थ बस्ने संसदहरुको लागि छुट्टाछुट्टै ठाउँको व्यवस्था गरेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डढेले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद सचिवालयले मत विभाजनका लागि तयारी गरेको जानकारी दिए ।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहका सांसदले विश्वासको मत दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्