प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने निश्चित, मत विभाजन सुरु



३ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाउने निश्चित भएको छ । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले मत दिनेसँगै विश्वासको मत पाउने निश्चित भएको हो । देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहका सांसदले समेत मत दिने बताइएको छ । महन्त ठाकुर समुहले पनि अन्तम समयमा आएर मत दिने निर्णय गरेसँगै नेपाल समुह विना नै विश्वासको मत पुग्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्