प्रधानमन्त्री देउवाले पाए विश्वासको मत



३ साउन, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । आज भएको मत विभाजनमा उनले   १ सय ६३  मत ल्याएका हुन् । प्रतिनिधिसभा पुर्नस्थापित भएपछि बसेको पहिलो बैठकबाटै संसदबाट विश्वासको मत लिएर आगामी १७ महिने कार्यकाल सुनिश्चित गरेका छन् । प्रधानमन्त्री भएको छ दिनपछि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका छन् । देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी उपेन्द्र यादव समुह, जनता समाजवादी महन्त ठाकुर समुहले सांसदले विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री शेर बहादुर देउवाले लिए विश्वासको मत
२४९ उपस्थित
पक्षमा १६५ मत
विपक्षमा ८३ मत
मत दिन्नमा १ मत

प्रतिक्रिया दिनुहोस्