रामेछापमा कांग्रेसको क्रियाशिल सदस्यको संख्या ११ हजार नाघ्यो, कुन स्थानीय तहमा कति ? (विवरणसहित)



४ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको क्रियाशिल सदस्यतको संख्या ११ हजार १ सय ८५ पुगेको छ । रामेछापको आठ वटा स्थानीय तहबाट कांग्रेसले यस पटक करिब ६ हजार नयाँ सदस्यता थप्दै क्रियाशिल सदस्यतको संख्या दोब्बर पु¥याएको होे । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले पार्टी एकता प्रक्रियाबाट आएकाहरु केही छुटेकाले क्रियाशिल सदस्यताको संख्या केही बढन सक्ने बताए ।

कांग्रेसको सबै भन्दा कम सदस्यता उमाकुण्ड गाउँपालिकामा रहेको छ भने सबै भन्दा धेरै क्रियाशिल सदस्यताको सुनापति गाउँपालिकामा रहेको छ । उमाकुण्ड गाउँपालिकामा ७ सय २७ र सुनापति गाउँपालिकामा २१ सय ६६ जना क्रियाशिल सदस्यत रहेका छन् ।

प्रवक्ता खड्काका अनुसार उमाकुण्ड गाउँपालिकामा ७ सय २७, गोकुलगंगा गाउँपालिकामा ७ सय ९१, लिखुतामाकोसी गाउँपालिकामा ८ सय ८६, रामेछाप नगरपालिकामा १३ सय २७ जना क्रियाशिल सदस्यत रहेका छन् ।
त्यसैगरी मन्थली नगरपालिका (कठजोर, सुनारपानी र सालु) ९ सय ५२, मन्थली नगरपालिका १८ सय ४३, खाँडादेवी गाउँपालिका १५ सय ८४, दोरम्बा गाउँपालिका ९ सय १० र सुनापति गाउँपालिकामा २१ सय ६६ जना क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्