रामेछापको मन्थलीमा करेन्ट लागेर एक युवकको मृत्यु



५ साउन, रामेछाप ।
रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ गाईखुरामा मोटर पासमा काम गर्ने भारत मोतिहारीका १९ बर्षिय अर्सद आलामकाे मृत्यु भएको हो ।

दिउसाे करिब १२ बजे  काम गर्ने क्रममा अचानक विद्युत सप्लाई हुने मोटरमा टासिएर आलमको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार मृतक आलमको शवलाई पोष्टमार्टम गर्नको लागि प्राथमिकत स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको छ ।

केही दिनदेखि मन्थलीमा विद्युत आउने जाने समस्याको कारण रामेछापवासी नेपाल विद्युत प्राधिकरणसँग आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्