रामेछापमा विद्युत सर्ट हुँदा एक घर जलेर नष्ट



५ साउन, रामेछाप ।
रामेछापमा विद्युत सट भएर एक घरमा आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ । उमाकुण्ड गाउँपालिका–२ बाम्ती भण्डारका ३८ बर्षिय डम्बर सिंह विकको घर जलेर नष्ट भएको हो । आज दिउसो मिटर बक्स सर्ट भएर घरमा आगलागी भएको थियो । ढुङ्गा माटो, काठले बनेको जस्ताको छानो भएको १ तल्ले कच्ची घरमा जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

घरमा आगोलागी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाम्तीबाट प्रहरी टोली खटी गई स्थानीयको सहयोगमा उक्त आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिएको थिाये । आगलागीबाट मानविय क्षति नभएपनि घर पुर्ण रुपमा क्षती भएको र घर भित्र रहेको अन्नपात लत्ता कपडा, भाडावर्तन, अन्नपात गरी करिब चाल लाख पचास हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी सन्तोष श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्