पार्टी सभापतिमा उम्मेदवारी दिने अर्जुन केसीको घोषणा



६ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका नेता अर्जुन केसीले रामेछापको जिल्ला पार्टीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधवार राजधानीको एक पार्टी प्यालेसमा आयोजित आफू निकट नेता कार्यकर्ताहरुसँगै छलफल गर्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समय राजनीतिमा सक्रिय हुँदै आएको र एक पटक जिल्ला नेतृत्व लिएर पार्टीलाई थप सुदृढ बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

उनले रामेछाप न्युजसँग भने,‘जिल्ला सभापतिमा उम्मेदवार दिनको लागि सबैसँग छलफल गरिरहेको छु, अब म सभापतिमा उम्मेदवारी दिने अन्तिम निर्णयमा पुगिसकेको छु ।’ केसीले गत जिल्ला अधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दिएका थिए । तर हालका सभापति लवश्री न्योपानेसँग केसी थोरै मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्