माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने ओलीको घोषणा



६ साउन, काठमाडौं ।
पार्टीभित्रको आन्तरिक विवादले आफ्नै नेतृत्वको सरकार ढलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । उनले पार्टी एकतालाई बचाउनको लागि दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका हुन् ।

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताउदै कार्यदलले तयारी गरेर पार्टीले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । पार्टीमा एकता कायम भए सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने
बताउदै उनले ओलीले भने,‘दोस्रो अध्यक्ष बनाउन तयार हुँदा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

प्रतिक्रिया दिनुहोस्