रामेछापको भँगेरीमा मनाइयो ४३ औं पुष्पलाल स्मृति दिवस (फोटोफिचर)



७ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको जन्मभूमि रामेछापको भंगेरीमा ४३ औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । नेकपा एमाले र नेकपा माओवादीले छुट्टाछुट्टै कार्यक्रम गरेर स्मृति दिवस मनाएका हुन् ।नेकपा एमाले जिल्ला कमिटी रामेछाप र एमाले नगर संगठन कमिटी रामेछापलेद्धारा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष आन्नद श्रेष्ठ, जिल्ला सचिव पुरुषोत्तम कडरियो, रामेछाप नगर कमिटीका सचिव सुन्दर घिमिरे लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहाल लगायतका जनप्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्म भएको थियो । कम्युनिष्ट आन्दोलनमो क्रियासिल भएकै अवस्थामा पुष्पाललको वि. सं. २०३५ साल साउन ७ गते निधन भएको थियो ।
त्यैगरी नेकपा माओवादी केन्द्र रामेछाप कमिटीले पनि पुष्पाल स्मृति दिवस मनाएको छ । नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ लगायतको सहभागीतमा स्मृति दिवस बनाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्