सुनकोसी दोस्रो जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडि बढयो (सूचनासहित)



७ साउन, काठमाडौं ।
सरकारले सुनकोसी–२ जलाशययुक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने प्रक्रिया अगाडि बढाएको छ । विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कको काम अगाडी बढाउयन सूचना प्रकाशित गरेको छ । विभागले रामेछाप, सिन्धुली र काभ्रे जिल्लाको सीनामा भएर बग्ने सुनकोशी नदीमा निर्माण प्रस्ताव गरिएको ९ सय ७८ मेगावाट क्षमताको जलविधुत् आयोजना वातावरणीय प्रभाव मुल्याङ्कनको प्रक्रिया अगाडी बढाएको छ ।

विभागले प्रकाशित गरेको सूचना अनुसार रामेछाप नगरपालिका–५ ३९५ मिटर लामो र सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ को च्याकुटारमा १६८ मिटर लामो बाँध निर्माण गरिने छ । विभागले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मा १.२ किलोमिटर लामो र १० मि. ब्यास भएको सुरुङ मार्गबाट सिन्धुलीको च्याकुटारमा बिद्युत गृहको प्रस्ताव गरिएको छ ।

विभागका महानिर्देशक नविन सिंहले आयोजना प्रभावित गाउँपालिका र नगरपालिकामा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआए) अध्ययन प्रतिवेदन् तयारी अगाडी बढाएको रामेछाप न्युजलाई बताए । नेपालको सन्दर्भमा जलाशययुक्त जलविद्युत आयोजनबाट ठूलो फाइदा लिन सकिने बताउदै सिंहले छिट्टो भन्दा छिट्टो काम सम्पन्न गर्नतर्फ लागि परेको बताए ।

यो योजनाबाट रामेछाप नगरपालिका वडा नं ५,७,८ र ९ मन्थली नगरपालिकाको वडा नं १,२,३ र ४ र खाँडादेवी गाउँपालिकाको १,२,३ र ४ प्रभावित हुने छन् । सुनकोसी जलविद्युत आयोजना निर्माण अगाडि बढेको अवस्थामा हाल जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजार क्षेत्र डुबानमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्