महिलालाई बलात्कार गरेर भागेका विक ६ बर्षपछि रामेछापबाट पक्राउ



८ साउन, रामेछाप ।
छ बर्ष अघि एक महिलालाई बलात्कार गरेर फरार रहेका सिन्धुपाल्चोकका एक युवकलाई जिल्ला प्रहरीले कार्यालय रामेछापले विशेष सूचनाको आधारमा प्रक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक ठूलो धादिङ–९ र हाल लिसङ्खुपाखर गाउँपालिका–१ का २७ बर्षिय टसी विकलाई आज प्रहरीले पक्राउ गरेको हो ।

महिलामाथि जबरजस्ती करणी गरेको पुष्टि गर्दै सर्वोच्च अदालतले २०७२ मंसिर ६ गते  बिकलाई १० बर्ष कैदको सजाय सुनाएको थियो । छ बर्षदेखि फरार रहदै आएका विकले आफ्नो नाम नै परिवर्तन गर्दै मन्थलीको एक गृह उद्योगमा काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको टोलीले आज मन्थली नगरपालिका–६ भलुवाजोरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परिेका विकले आफ्नो नाम समेत परिवर्तन गरी राज विक नाम बताउदै आएका थिए । केही समयदेखि मन्थलीको एक ग्रिल उद्योगमा का मगर्ने विकलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको बताएको छ । प्रहरीले विकलाई सिन्धुलाल्चोक जिल्ला अदालतमा पेश गर्ने प्रयोजनार्थ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्