कांग्रेसको वडा अधिवेशन स्थगित, रामेछापको ६४ वडामै चहलपहल



९ साउन, काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशनको सर्ने भएको छ । पार्टीले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेसँगै पार्टीको घोषित महाधिवेशनको मिति पनि प्रभावित हुने भएको हो । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टीका नेता कार्यकर्ता वडा अधिवेशनको लागि जुटिरहेको बेला क्रियाशिल सदस्यता विवादको कारणले गर्दा अर्को कार्यतालिका सार्वजनिक नहुँदासम्मको लागि स्थगित भएको छ ।

शनिबार प्रधानमन्त्रीको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशन कहिले गर्ने भन्ने विषयमा पछि निर्णय हुने जानकारी दिए । अनुसार वडा अधिवेशनको कार्यतालिका प्रभावित भएपछि स्वभाविक रुपमा महाधिवेशनकोको कार्यतालिका पनि सर्न सक्छ ।

कांग्रेसले यसअघि १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यसैगरी रामेछापको ६४ वडामा नै अधिवेशनको आन्तरिक तयारी पूरा भएपनि अन्तिम समयमा आएर स्थगित भएपनि अर्को सूचनाको प्रतिक्षामा रहेको नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण खड्काले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पार्टीले वडा अधिवशेनको सम्पूर्ण तयारी पूरा गरेर बसेको छ । रामेछापमा नेपाली कांग्रेसको ११ हजार भन्दा बढी क्रियाशिल सदस्य रहेका छन् । खड्काले जिल्लामा क्रियाशिल सदस्यताको कुनै पनि विवाद नरहेको बताउदै अर्को कार्यतालिका आउन साथ वडा अधिवेशनमा जुटने बताए । वडा अधिवेशनको लागि रामेछापको ६४ वटा वडामै कांग्रेसका नेता कार्यकर्ताहरुको पहलपहल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्