रामेछापमा गत आर्थिक बर्षमा १२ अर्ब ४२ करोड बजेट, यस्तो छ खर्चको अवस्था



ग्राफिक्सः विवेक श्रेष्ठ

१२ साउन, रामेछाप ।
रामेछाप जिल्लमा गत आर्थिक बर्ष २०७७०७८ मा संघीय सरकार र प्रदेश सरकारबाट गरी १२ अर्ब ४२ करोड ३६ लाख ५३ हजार ७ सय ४५ रुपैयाँ बजेट प्राप्त भएको छ । जस अनुसार संघीय सरकारबाट ९ अर्ब ३३ करोड ८६ लाख ९५ हजार सात सय ४५ बजेट प्राप्त भएको थियो । संघीय सरकारबाट प्राप्त बजेट अनुसार चालु तर्फ ६ अर्ब ५७ करोड २० लाख ९७ हजार ८४१ रुपैयाँ र पुँजीगत तर्फ १ अर्ब ३१ करोड ९२ लाख ८२ हजार ९७६ रुपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रामेछापका सूचना अधिकारी दिपक श्रेष्ठले संघीय सरकार र प्रदेश सरबारबाट गरी गत आर्थिक बर्षमा १२ अर्ब ४२ करोड ३६ लाख ५३ हजार ७ सय ४५ रुपैयाँ बजेट प्राप्त भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार गत आर्थिक बर्षमा संघीय कार्यालय माफर्त पुँजीगत खर्च लक्ष्य अनुसार कम भएको र प्रदेश कार्यालय अन्तर्गत पुँजीगत खर्च सन्तोषजनक रहेको बताए ।

९ अर्ब ३३ करोड ८६ लाख ९५ हजार ७४५ कुल बजेटमा चालु र पुँजीगत गरेर ७ अर्ब ८९ करोड १३ लाख ८० हजार ८०९ रुपैयाँ खर्च भएको छ । संघीय सरकार कार्यालय अन्तर्गत चाुलतर्र्फ ९४.७६ प्रतिशत र पुँजीगततर्फ ५४.८९ प्रतिशत खर्च भएको छ । संघीय सरकारबाट प्राप्त झण्डै दुई अर्ब बजेट खर्च हुन सकेन ।

त्यसैगरी बामगती प्रदेश सरकार अन्तर्गत प्राप्त बजेटमा पनि पुँजीगत खर्च बढी भएको देखिएको छ । गत आर्थिक बर्षमा प्रदेशबाट ३ अर्ब ८ करोड ४९ लाख, ५८ हजार बजेट प्राप्त भएकोमा चालु तर्फ ६९ करोड ६९ करोड ५६ लाख तीन हजार १४० रुपैयाँ र पुँजीगत तर्फ २ अर्ब ४५ करोड १२ लाख ५१६ रुपैयाँ खर्च भएको छ । प्रदेशबाट प्राप्त बजेट अनुसार चालुतर्फ ८५.५२ प्रतिशत र पुँजीगत तर्फ ८९.८० प्रतिशत बजेट खर्च भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्