दोरम्बा शैलुङ्ग गाउँपालिकामा पहिरोको त्रासः ६० घर उच्च जोखिममा



१५ साउन, रामेछाप ।
अविरल बर्षासँगै आएको पहिरोको कारण दोरम्बा शैलुङ्ग गाउँपालिकामा ६० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको कारण केही भत्किएको छ भने बस्तीको छेउमा ठूलो ठूलो चिरा परेको छ ।

गएराती दोरम्बा शैलुङ्ग गाउँपालिका–६ लखनपुर स्थ्ति गैराटोल बस्ने बर्ष ५५ को हरी प्रसाद गौतमको भुकम्प प्रतिरोद्यात्मक घर माथिबाट पहिरो पुरिएर क्षति भएको छ । सोही स्थानमा १६ वटा घर, देवकोटा टोलमा २१ वटा घर, .डाँडाटोलमा ७ वटा घर, गेग्रिनी टोलमा ७ वटा घर,जागु टोलमा ३ वटा घर गरी ५१ वटा घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाभित्र ६० भन्दा बढी घर जोखिममा परहेको बताए । उनले गाउँपालिकाभित्रको लखनुरका विभिन्न वस्ती, गुन्साल,डडुवा सिस्नेरी लगायतको ठाउँमा गरी ६० भन्दा बढी घर जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्