सुनापति गाउँपालिकामा खोलाले पसल बगायो, दर्जन बढी बस्ती जोखिममा



१५ साउन, रामेछाप ।
अविरल बर्षासँगै आएको बाढीले सुनापति गाउँपालिका–४ बेथान स्थित खानीखोलामा पसल बगाएको छ । बर्षासँगै बेथान खोलामा आएको बाढीले अस्थायी रुपमा खानीखोला किनारामा सञ्चालन हुँदै आएको पसल बगाएको हो । बाढीको कारण बाबुलाल तामाङले बाँस र जस्ताको टहरो बनाई सञ्चालन गर्दै आएको पसल बाढीले क्षति पुर्याएको छ । खोलाले पसलको सामान लत्ता कपडा, फर्निचरको सामान गरी करिब तीन लाख रुपैयाँ क्षति भएको ईलाका प्रहरी कार्यालय बेथानले बताएको छ ।

त्यसैगरी सुनापति गाउँपालिका–४ बेथान स्थ्ति डहुमा माधव तामाङको बाँस र जस्तापाताको अस्थाई टहरा माथिबाट आएको पहिरोले पुरिएको छ । पहिरो उक्त टहरा पुरिदा करिब ७० हजार बराबरको क्षति हुन पुगेको छ ।डहु देउराली बस्ने गर्जमान तामाङको ढुङ्गामाटोले बनेको १ तल्ले घर माथिबाट पहिरो आई पुर्व पट्टिको आदी गाह्रो पुरिएको छ । त्यसैगरी भलबाडीका शेर बहादुर तामाङको १ तल्ले पक्की घरको आँगन चर्किन जोखिममा परेको छ ।श्रावण १५ काठमाडौँ । अविरल बर्षासँग रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं. १ गुन्सीभदौरेमा बिहिबार परेको वर्षाका कारण ५० घरधुरी जोखिममा परेका छन् ।

सुनापति गाउँपालिका भित्रको विभिन्न ठाउँमा सडक यातायात नै अवरुद्ध सँगसँगै पह्रिो गइरहेको अवस्थामा गुन्सीका रिसिङ टोल, सार्की टोल, सिम्पानी बोजिनी लगायतको बस्तीमा ठुलो क्षति पुगेको छ ।त्यसैगरी सुनापति गाउँपालिका–१ गुन्सीमा पनि पहिरोको कारण बस्ती नै जोखिमा परेको छ । प्रहरीका अनुसार गुन्सीका रिसिङ टोल, सार्की टोल, सिम्पानी बोजिनीका भूकम्प प्रतिरोधात्मक ८ घर भत्किएको छ भने ४० घरधुरी पहिरोको उच्च जोखिमा रहेको छ । गाउँपालिका–३ हिलेदेवीको डोग्माको बस्ती पनि पहिरोको जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्