काठमाडौंमा ट्रकको ठक्करबाट रामेछापका नेपालीको निधन



१६ साउन, काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट रामेछापका एक युवकको निधन भएको छ । सडकमा हिडिरहेको बेला कोकर्णेश्वर नगरपालिका– ९ अत्तरखेलमा ट्रकले शुक्रवार ठक्कर दिदा रामेछाप उमाकुण्ड गाउँपालिका- ४ च्यादलुका तेज बहादुर नेपालीको निधन भएको हो । जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रु खडलाई ठक्कर दिएको थियो ।

घाइते भएका नेपालीलाई उपचारको लागि अत्तरखेल स्थित मेडिकल कलेजमा पुर्याएपछि डाक्टर मृत घोषणा गरेका थिए । महानगरीय प्रहरी बौद्धका अनुसार चालक र ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उक्त ट्रकको ठक्करबाट घाइते भएका सिन्धुपाल्चोक त्रिपुेश्वर गाउँपालिकाका ३० बर्षिय अर्जुन विकको भने अस्पतालमा उपचार भइरहेको छ ।

 

(अन्यथा भएकोमा सच्याइएको छः यसअघि तेज बहादुर नेपाली हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएको छ । यसअघि नेपाली प्रहरीको केन्द्रीय कार्यालयमा जारी दैनिक समाचार बुलेटिनमा राजन खड्का उल्लेख गरिएको थियो । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँबरले नाम अन्यथा भएकोमा सच्याइने जानकारी दिए ।)

प्रतिक्रिया दिनुहोस्