पार्टी एकता भए शान्ति पौडेललाई मन्त्री बनाउन तयार छुः मन्त्री ढुंगेल



२१ साउन, रामेछाप ।
नेकपा एमाले रामेछापका इन्चार्ज समेत रहेका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टी एकताको लागि आफू  शान्ति पौडेललाई मन्त्री बनाउन तयार रहेको घोषणा गरेका छन् । पार्टी एकताको लागि  त्याग गर्न तयार रहेको बताउदै आफू मन्त्री छोडेर शान्ति पौडेललाई मन्त्री बनाउन तयार रहेको घोषणा गरेका हुन् ।

उनले पार्टीको कार्यदलले तयार गरेको दस बुँदे सहमतिको प्रस्तावलाई पार्टीले अनुमोदन गरेकाले सोही अनुसार पार्टी एकताबद्ध हुने बताएका हुन् । बागमती प्रदेश सरकार तत्काल केही नहुने बताउदै डोरमणि पौडेलकै नेतृत्वमा सरकार आगामी कार्यकाल अगाडि बढने बताए ।

उनले भने,‘बागमती प्रदेशमा पाटी मिलाउदै छौ, अष्टलक्ष्मी शाक्य पार्टी एकता विपरीत अगाडि बढनु हुन्छ, हामीले बागमती प्रदेशबाट एकताको सन्देश दिन्छौं ।’ मन्त्री ढुंगेलले पार्टीको नेतृत्वमा भएको विकास निर्माणको विरोध गर्नेहरु अब एमाले हुन नसक्ने बताए । पार्टीले आयोजना गरेको कार्यक्रम यसअघि सहभागी नभएका सांसद शान्ति पौडेल आज पार्टीले आयोजना गरेको कार्यक्रममा भने सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्