अन्तर जिल्ला कमिटी रामेछापको अध्यक्षमा श्रेष्ठ, पिपुल्स भोलेन्टियर कमाण्डमा थापा



२३ साउन, काठमाडौं ।
नेकपा एमाले माधव कुमार नेपाल समुह युवा संघ नेपाल अन्तर जिल्ला कमिटी रामेछापको अध्यक्ष रोज श्रेष्ठ चयन भएका छन् । आज काठमाडौंमा भएको भेलाले श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा अर्जुन कार्की,मदन पाख्रीन दिप बहादुर पाख्रिन,सचिवमा होम तामाङ, सहसचिब श्रीजन कार्की, उमेश बस्नेत निर्मल कार्की र कोषाध्यक्षमा जीवन श्रेष्ठ रहेका छन् । त्यसैगरी भेलाले सुवास थापाको अध्यक्षमा २५ सदस्यीय पिपुल्स भोलेटियर्स जिल्ला कमाण्डको घोषणा गरेको छ । सहकमान्ड शेखर श्रेष्ठ र टेक ब श्रेष्ठ   रहेका छन्।

उक्त कार्यक्रममा नेकपा एमालेका नेतृ एवं सांसद रामकुमारी झाँक्री, नेपाल समुह नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, सचिव ज्ञानकुमार श्रेष्ठ सहसचिव लालसिङ घिसिङ, युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्