युवा संघ सुनापति गाउँपालिकाको अध्यक्षमा तामाङ, युथ फोर्सको अध्यक्षमा केसी



२३ साउन, काठमाडौं ।
युवा संघ सुनापति गाउँपालिकाको अध्यक्षमा नरमान दोङ्ग तामाङ चयन भएका छन् । आज भक्तपुरमा भएको भेलाले तामाङको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा शिवहरि पाण्डे, सचिवमा पासाङ लामा, सह सचिवमा सुनिल क्षेत्री, रिजन लामा, कोषाध्यक्षमा रञ्जना थिङ, सदस्यहरुमा मिन बहादुर खडका, नारायण खडका, मदन खडका, अधिषेक लामा, अनिनाश तामाङ, विजय लामा, विशाल लामा, रमेश पन्थ, रोशन योञ्जन, दिनेश योञ्जन, सुसिल पन्थ, सुजन केसी, रोमन बल, निदेश माझी लगायतका रहेका छन् ।
त्यसैगरी भेलाले राजु केसीको अध्यक्षमा ४५ सदस्यीय युथ फोर्स पनि गठन गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै नेकपा एमाले रामेछापका इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जनताको बीचमा गएर काम गर्न निर्देशन दिए । उनले भने आगामी निर्वाचनमा एमालेलाई कुनै पनि तागतले हराउन नसक्ने बताउदै अहिलेसम्म एमाले नेतृत्वको सरकारले गरेको कामको बारेमा जनतालाई जानकारी गराउनु पर्ने बताए ।

कार्यक्रमा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठ, केन्द्रीय सदस्य कमल चौलागाई, एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, युवा संघ रामेछापका अध्यक्ष गणेशबज्र लामा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्