मोटरसाइकल चोर्ने रामेछापका दुई भाई भक्तपुरबाट पक्राउ



२५ साउन, काठमाडौं ।
मोटरसाइकल चोर्ने रामेछापका दुई जना युवक काठमाडौंबाट पक्राउ परेका छन् । किर्तिपुर नगरपालिका– ९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट मोटरसाइकल चोर्ने दुई जनालाई प्रहरीले २४ घण्टाभित्र पक्राउ गरेको हो ।

हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको अभियोगमा रामेछाप खाडादेवी गाउँपालिका– ७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका– २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।
चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका– ९, पलासेबाट नियन्त्रणमा लिएको महाशाखाले बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलेले चोरी भएको २४ घण्टाभित्र दुई युवकलाई पक्राउ गरिएको रामेछाप न्युजलाई जानकारी दिए ।

उक्त मोटरसाइकल यही श्रावण २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका – ९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका – ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले प्रहरी समक्ष उजुरी दिएका थिए । पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, किर्तिपुरमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्