रामेछापमा हुल बाँधेर पसल चोरी गर्ने गिरोह पक्राउ



२७ साउन, रामेछाप ।
रामेछाप जिल्लामा समुह बनाएर बजार क्षेत्रमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रामेछाप र ओखलढुंगामा समुह बनाए र चोरीलाई नै पेशा बनाएका समुहलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । यही साउन २२ गते शुक्रबार दिउँसो उमाकुण्ड गाउँपालिका–७ बिमिरे स्थित टेकराज नेवारको पसल फोडेर १ लाख पचास हजार नगद चोरी भएको थियो ।

उक्त समुहले पसल पछाडी घारी भएको स्थान तर्फको जस्तापाता काटेर उप्काएको र भित्रको चुकुल फोडी पसल भित्र पसेर नगद चोरी गरेको पक्राउ परेका आरोपीले स्वीकार गरेको प्रहरीले बताएको छ । पक्राउ पनेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–१ बाट १ जना १६ बर्षका बालक र अन्य २ जना हिरदेन सुनुवार (वर्ष १९) र समुयल सिंह सुनुवार (वर्ष २४) लाई आज उमाकुण्ड गाउँपालिका–६ ढुङ्गेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट रामेछापमा चोरी भएको मध्ये नगद एक लाख एक हजार खिजिदेम्बा–१ बाट बरामद भएको उनले बताए । उनका अनुसार ओखलढुंगा जिल्लामा समेत उक्त समूहले नै चोरी गरि रामेछापमा लुकाईछिपाई राखेको डेल कम्पनीको एक थान ल्यापटप तीन थान स्क्रिन टच मोबाईल उमाकुण्ड गाउँपालिकाबाट बरामत भएको हो । प्रहरीले पक्राउ परेका आरोपिलाई डाँका कसुरमा मुद्वा दर्ता गरी अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्