कांग्रेसकाे महाधिवेशन मंसिरमा गर्ने निर्णय



३० साउन, काठमाडौं ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ । पार्टीले आगामी २०७८ मंसिर ९ देखि १२ गतेसम्म महाधिवशेन सार्ने निर्णय गरेको हो । यही भदौमा आयोजना गरिएको महाधिवेशनको मिति तीन महिना पछि सारिएको छ ।

केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो । बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले स्थानीयतहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्