ललितपुरमा एक किशोरीलाई बलात्कार गरेर फरार रामेछापका युवक पक्राउ



१ भदौ, रामेछाप ।
ललितपुर महालक्ष्मी नगरपालिका स्थित इमाडोलमा एक किशोरीलाई बलात्कार गरेर फरार रहेको रामेछापका एक युवक मन्थलीबाट पक्राउ परेका छन् । किशोरीको कोठामा जबरजस्ती प्रवेश गरी जबरजस्ती करणी गरेर फरार रहेका मन्थली नगरपालिका–१४ फुलासीका २७ बर्षिय छत्र बहादुर खड्कालाई आज जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

२०७३ जेठ १३ मध्ये रातमा ललितपुर महालक्ष्मी नगरपालिका–१७ इमाडोल स्थित १९ पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी दिएकी थिइन । लामो समयदेखि प्रहरीको खोजीमा रहेका खड्कालाई मन्थलीबाट पक्राउ गरी महानगरिय प्रहरी बृत ललितपुर सातदोबाटोमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछाप प्रवक्ता श्रीशकंर श्रेष्ठले जबरजस्ती करणी अभियोगमा फरार रहेको खड्कालाई विशेष सूचनाको आधारमा पक्राउ गरेर ललितपुर प्रहरी कार्यालयमा पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्