विकास निर्माणको कामलाई तीब्रता दिने खाँडादेवी गाउँपालिकाको निर्णय



३ भदौ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले विकास निर्माणको कामलाई तीब्रताको साथ अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले योजनाबद्ध रुपमा गाउँपालिकाभित्र तीन चरणमा विकास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो । बैठकले कार्तिक मसान्तभित्र वडा तहका योजना सम्झौता गर्ने, पुस मसान्तभित्र गाउँपालिकास्तरका योजनाको सम्झौता गर्ने आर्थिक बर्ष अगावै विकास निर्माणको कामहरु सम्पन्न गर्ने योजना पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले योजनाबद्ध रुपमा विकास निर्माणको कामलाई अगाडि बढाउनु पर्ने बताए । ‘हामीले राखेको लक्ष्य अनुसार नै गाउँपालिका अगाडि बढिरहेको छ, यस आर्थिक बर्षमा पनि राखिएको लक्ष्य पूरा गर्न जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय गरेर काम गर्नुपर्छ ।’

नागरिकहरुको सेवालाई पहिलो प्राथमिकता दिएर अगाडि बढनु पर्नेमा जोड दिदै अध्यक्ष तामाङले प्रविधिमैत्री गाउँपालिका निर्माणमा आफूहरु लागि परेको बताए । ‘सुशासन, जवाफदेहीता र भ्रष्टचारमुक्त गाउँपालिका निर्माणमा हामी सबै एकतबद्ध भएर लाग्नु पर्छ’, उनले भने,‘गाउँपालिकाले यस अबधिमा उल्लेखिय काम गरिसकेको छ, बाँकी कामलाई पनि योजनाबद्ध रुपमा अगाडि बढाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्