अनेरास्ववियूका नेता अधिकारीमाथि आक्रमण गरेको आरोपमा रामेछापबाट दुई युवा पक्राउ



८ भदौ, रामेछाप ।
नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य सागरहरि अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको आरोपमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । घाइते अधिकारीले महानगरीय प्रहरी वृत्त तीनकुनेमा दिएको किटानी जाहेरीको आधारमा आज रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेबाट दुई युवालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेहरुमा कोटेश्वर बहुमुखी क्याम्पसका नेबिसंघका इकाई सभापति संजय बुढाथोकी र नेपाल तरुण दल रामेछापको कोषाधक्ष्य योगेश श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकं।र श्रेष्ठले पक्राउ परेका दुवै जनालाई आजै काठमाडौं पठाइने रामेछाप न्युजलाई जानकारी दिए ।

त्यसैगरी प्रहरीले मन्थली नगरपालिका–१२ का युवा नेता सुमन अधिकारीलाई पनि पक्राउ गरिएको महानगरी प्रहरी वृत्त तीनकुनेका डिएसपी मिन लामाले जानकारी दिए । अधिकारीलाई काटेश्वरको एक होटलमा कुराकानी गरिरहेको अवस्थामा आक्रमण गर्दा घाइते भएका थिए । घााइते अधिकारीले दिएको किटानी जाहेरी दिएको आधारमा तीन युवक पक्राउ परेको र अब अनुसन्धान प्रक्रिया अगाडि बढाउने लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्