अध्यक्ष छोडेर सचिवकै जिम्मेवारी लिन्छु, पद ठूलो कुरा होइनः आनन्द श्रेष्ठ



१७ भदौ, रामेछाप ।
नेकपा एमालेका नेता आन्नद श्रेष्ठले दस बुँदे सहमति अनुसार आफू अध्यक्ष पद छोडेर सचिवको जिम्मेवारी लिएको बताएका छन् । उनले जेठ २ पूर्वकै कमिटी ब्युतिदा शान्ति पौडेल अध्यक्ष भएकाले आफू पुरानै जिम्मेवारीमा फर्किएको बताएका हुन् । पार्टीले गरेको निर्देशन अनुसार आफूले सचिवको जिम्मेवारी सम्हाल्ने र पार्टीलाई संकट पर्दा सचिव हुनुभएका पुरुषोत्तम कडेरियालाई पनि जिल्ला पार्टीको नेतृत्वमा समावेश गरेर लैजाने श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

उनले भने,‘पार्टी एकता भन्दा पद ठूलो होइन, हामीले पार्टीलाई थप बलियो बनाएर लैजान पदलाई ठूलो रुपमा लिएका छैनौ ।’ श्रेष्ठले पार्टी अध्यक्ष पौडेल र आफ्नो बीचमा छिट्टै जिल्ला कमिटीको बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताउदै प्रदेश कमिटीको बैठक लगत्तै जिल्ला कमिटीको बैठक बोलाएर नयाँ ढंगले पार्टीलाई अगाडि बढाउने बताए ।

अब छिट्टै विधान सम्मेलन हुँदैछ, हामीले सदस्यता वितरणको कामलाई पनि अगाडि बढाएका छौ, अब विगतकोजस्तो कुनै पनि विवाद हुँदै एकताबद्ध एमाले बनाएर जिल्लामा पार्टीलाई एक नम्बरको बनाउने गरी अभियान सञ्चालन गछौ, श्रेष्ठले भने । पार्टीमा दस बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेसँगै अन्तिम अवस्थामा माधव कुमार नेपालको साथ छोडेर शान्ति पौडेलले पार्टीमै रहने निर्णय गरेका थिए । उक्त निर्णयसँग जेठ २ अघिको कमिटी अनुसार पौडेल स्वतः अध्यक्ष भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्