एमाले रामेछापको अध्यक्ष शान्ति पौडेल नै होः नेता ढुंगेल



१९ भदौ, काठमाडौं ।
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले जिल्ला पार्टीका अध्यक्ष शान्ति पौडेल नै भएको बताएका छन् । उनले दस बुँदे सहमति अनुसार शान्ति पौडेल नै जिल्लाको अध्यक्ष भएको बताएका हुन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लामा दस बुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । उनले भने,‘अब भदौ २२ पछि लगत्तै जिल्ला कमिटीको बैठक बसेर दस बुँदे सहमतिलाई वडा तहसम्म लैजान्छौ ।’ रामेछाप जिल्लामा नेकपा एकीकृत समाजवादीको कुनै पनि प्रभाव नरहेको बताउदै ढुंगेलले रामेछापमा एमाले एकताबद्ध र एकढिक्का रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्