रामेछापका शान्ति पौडेल मन्त्री नियुक्त
२३ भदौ, काडमाडौं ।
वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् । एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् । विस्तारित मन्त्रीपरिषदमा रामेछापका प्रदेश सांसद शान्ति पौडेल पनि मन्त्री भएका छन् । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।
आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू यस प्रकार छनः
१. अजय क्रान्ति शाक्य, काठमाडौं
२. चन्द्र लामा, काभ्रेपलान्चोक
३. रचना खड्का, दोलखा
४. शान्तिप्रसाद पौडेल, रामेछाप
५. प्रदीप कटुवाल, सिन्धुली
६. विजय सुवेदी, चितवन
७. सरस्वती बाटी, भक्तपुर
८. बद्री मैनाली, नुवाकोट
९. जुनेली श्रेष्ठ, मकवानपुर
१०. जीवन खड्का, ललितपुर
