बागमती प्रदेशका पर्यटन वन तथा उद्योग मन्त्रीमा पौडेल नियुक्त



२३ भदौ, काठमाडौं ।
बागमती प्रदेशको उद्योग वन तथा पर्यटन मन्त्रीमा रामेछापका प्रदेशसभा सासद शान्ति पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विस्तार गरेको मन्त्रिपरिषद्मा पौडेललाई मन्त्रीमा नियुक्ति गरेका हुन् ।

रामेछाप प्रदेश निर्वाचन ‘क’बाट निर्वाचित पौडेल पहिलो पटक मन्त्री बनेका हुन् । यसअघि रामेछाप प्रदेश निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित सांसद कैलाश ढुंगेलले एमालेको पार्टी एकतालाई बचाउन भन्दै आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजिनामा दिएका थिए । पौडेल नेकपा एमाले रामेछापका अध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्