रामेछापमा कांग्रेसको वडा अधिवेशनः ६१ वडामा सर्वसम्मत,तीन वटा वडामा निर्वाचन



२३ भदौ, रामेछाप ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आज रामेछाप जिल्लाको ६३ वटै वडामा वडा अधिवेशन भइरहेको छ । जिल्लाको ६४ मध्ये ६१ व्टा वडामा सर्वसम्मर्त वडाको सभापति चयन भएको निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार सुनापति गाउँपालिका–२ दिमीपोखरी, दोरम्बा गाउँपालिका–२ दोरम्बा र मन्थली नगरपालिका–१३ मा सहमति जुटन नसकेपछि अहिले निर्वाचन भइरहेको छ । लुइँटेलले वडा अधिवेशनको परिणाम आउने क्रम जारी रहेको बताए । रामेछापको ६४ वटामा गरी कांग्रेसको ११ हजार २ सय ५ जना क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्