रामेछापमा तीन तोला सुन चोरेर भाग्ने तामाङ पक्राउ



२३ भदौ, काठमाडौं ।
रामेछापमा तीन तोला सुन चोरेर भाग्ने एक व्यक्ति पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका–३ जैसीटोल स्थिति स्थित डिलमाया तामाङको घरबाट तीन तोला सुन चोर्ने सोही वडा बस्ने १९ बर्षका गोपाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका धोवीडाँडाबाट खटिएको खटिएको प्रहरीको टोलीले तामाङको साथबाट तीन तोला सुनको गहना र २५ हजार सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्