रामेछापको ६४ वटै वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न
२४ भदौ, रामेछाप ।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत रामेछापको ६४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको हो । बुधवार नै ६२ वडामाका सभापति, पदाधिकारी र क्षत्रिय प्रतिनिधि चयन भएका थिए ।
जिल्लाको सुनापति गाउँपालिका–२ दिमीपोखरी र दोरम्बा गाउँपालिका–२ दोरम्बामा भने सहमति जुटन नसेपछि निर्वाचनको प्रक्रिया मार्फत नेतृत्व चयन भएको छ । मन्थली नगरपालिका–१३ मा भने आज सहमति भएको कारण निर्वाचन गर्नु नपरेको निर्वाचन अधिकृत विष्णु लुइँटेलले जानकारी दिए । उनका अनुसार रामेछापको ६४ वटा वडामा गरी ११ हजार २ सय ५ जना क्रियाशिल सदस्य सहभागी भएका थिए ।