रामेछापमा मध्य रातमा बालिकालाई बलात्कार गर्न खोज्ने युवकलाई गाउँलेले पाता फर्काए



२४ भदौ, रामेछाप ।
रामेछापमा बुधवार मध्य रातमा एक नाबालिकामाथि बलात्कार गर्न खोज्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर पाता फर्काएका छन् । गोकुलगंगा गाउँपालिका–४ स्थित एक घरमा नाबालिका शौचालय गएको मौका छोपेर बलात्कार गर्न खोज्ने सिन्धुली तिनपाटन गाउँपालिका–२ का २८ बर्षिय पवन श्रेष्ठलाई गाउँलेले पक्राउ गरी डोरीले हातखुट्टा बाँधेर प्रहरीलाई बुझाएका हुन् ।

नाबालिका शौचालयमा गएको थाहा पाए लगत्तै ती युवक पनि शौचालयमा प्रवेश गरेर बालिबालाई बलात्कार गर्न खोज्ने क्रममा बालिकाले चिच्याएपछि स्थानीयले तत्काल नै श्रेष्ठलाई नियन्त्रणमा लिन सफल भएकाे पीडितका एक अाफन्तले बताए ।  पक्राउ पर्ने श्रेष्ठ आलु व्यवसाय गर्ने क्रममा उक्त घरमा बस्दै आएका  थिए । मध्य रातमा कसैले पनि नदेख्ने योजनासहित नाबालिकाको अस्मिता लुटन खोजेपनि बालिकाले प्रतिवाद गरेको कारण उनी गाउँलेको फन्दामा परेकाे  उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले स्थानीयको सहयोगमा नाबालिकालाई जबरजस्ती गर्न खोज्ने श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका श्रेष्ठलार्य जबरजस्ती करणी उद्योग कसुरमा आज जिल्ला अदालतबाट दस दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्