मन्त्री पौडेलललाई गृह जिल्ला रामेछापमा भव्य स्वागत (फोटोफिचर)



२६ भदौ, रामेछाप ।
बागमती प्रदेशमा उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री शान्ति पौडेललाई रामेछाप जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका पौडेललाई नेकपा एमालेले पार्टी कार्यालयमा स्वागत गरेर बधाई दिएको छ । नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष समेत रहेका पौडेललाई नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेल, उपाध्यक्ष प्रेम बहादुर तामाङ, सचिव आनन्द श्रेष्ठ लगायतका जिल्ला नेताहरुले पार्टी कार्यलयमा बधाई दिएका छन् ।

भोली हुने एमाले जिल्ला कमिटीको बैठकमा सहभागी हुन मन्त्री गृह जिल्ला आएका हुन् । रामेछापबाट मन्त्री भएको भन्दै पौडेललाई नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्याौपानेले एमालेको पार्टी कार्यालयमै पुगेर बधाई दिएका थिए । पार्टी कार्यालय परिसरमा राष्ट्रिय युवा संघ र अनेरास्ववियु रामेछापले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्