नेकपा एमाले रामेछापको जिल्ला कमिटी सदस्य १३५ कायम गर्ने, यस्तो छ सात बुँदे निर्णय



२७ भदौ, रामेछाप ।
नेकपा एमाले रामेछापको जिल्ला कमिटीको सदस्य १३५ सदस्यीय कायम भएको छ । यसअघि ७३ सदस्यीय रहेको जिल्ला कमिटीलाई बढाउदै १३५ कायम गरिएको हो ।
दस बुँदे सहमति कार्यान्वय गर्दै आज बसेको नेकपा एमालेको जिल्ला कमिटीको बैठकले आगामी कार्तिक ६ गते जिल्लाको ६४ वटै वडाको वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले कार्तिक ९ गते गाउँ नगर कमिटीको अधिवेशन गर्ने निर्णय एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले जानकारी दिए ।

बैठकमा नेकपा रामेछापका इन्चार्ज कैलाश ढुंगेलले जिल्लाभित्र पार्टी एक ढिक्का रहेको बताउदै अब पार्टीलाई संगठन सुदृढीकरणको दिशामा अगाडि बढाइने बताए ।


दस बुँदे सहमति कार्यान्वय भएपछि आइतवाार मन्थलीमा जिल्ला अध्यक्ष एवं बागमती प्रदेशका पर्यटनमन्त्री अध्यक्ष शान्ति पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीका सबै संगठनलाई गतिशिल बनाएर लैजाने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्