रामेछापमा पार्टी विभाजनको असर परेको छैनः कैलाश ढुंगेल



२७ भदौ, रामेछाप ।
नेकपा एमाले रामेछापका ईन्चाज कैलाश ढुंगेलले रामेछापमा पार्टी विभाजनको असर नपरेको बताएका छन् । विना एजेण्डा पार्टी विभाजन गर्नेहरुको भविष्य अन्धकारमय रहेको बताउदै पार्टी विभाजन गर्नेहरुलाई जनताले नपत्याउने बताएका हुन् ।

आइतवार मन्थलीमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका ढुंगलले रामेछापमा पार्टी एक ढिक्का रहेको बताए । उनले भने,‘जिल्लामा पार्टी एक ढिक्का भएको छ, नगन्य रुपमा मात्र जनप्रतिनिधिहरुले पार्टी छोडेका छन्, त्यसले कुनै पनि असर गर्दैन, अब पार्टीलाई गतिशिल बनाएर लगिन्छ ।’
पार्टीको निर्देशन बमोजिम जिल्लाभित्र दस बुँदे सहमति कार्यान्वयनमा आएको बताउदै ढुंगेलले पार्टीलाई अब सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिए । ‘सबैले आपसी एकताको साथ काम गर्न जरुरी छ, अविश्वास र आशंकाले पार्टी अगाडि बढन सक्दैन, पार्टीमा सबैलाई योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिएर अगाडि बढाइन्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्