रामेछापमा ७३ बर्षिय बृद्धालाई जबरजस्ती करणी गर्न खाेजेकाे आरोपमा मगराती पक्राउ



२९ भदौ, रामेछाप ।
रामेछापमा एक ७३ बर्षिय बृद्धा महिलालाई जबरजस्ती करणी गर्न खोज्ने एक युवकलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपेर बृद्धालाई जबरजस्ती करणी गर्न खोजेपछि ती बुद्धाले प्रतिकार गरेपछि घरका सदस्यले थाहा पाएपछि फरार रहेका गोकुलगंगा गाउँपालिका–४ का २५ बर्षिय शुक्र बहादुर मगरातीलाई प्रहरीले पक्राउ गरेको हो ।

नौ महिना अघिबाट फरार रहेका मगराती प्रहरीको खोजीमा रहेका थिए । लामो समय भारतमा लुकेर बसेका मगरातीलाई स्थानीयले दिएको सूचनाको आधारमा सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । स्थानीयको सहयोगमा अस्थायी प्रहरी चौकी बेतालीबाट खटिएको प्रहरीले मगरातीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले नौ महिना अघि बृद्धा महिलाई जबरजस्ती करणी गर्ने ओज्ने शुक्र बहादुर मगरातीलाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका आरोपीलाई थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गर्ने प्रक्रिया भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्