रामेछापका सिडियो गौलोचनको ६ महिनामै सरुवा



२९ भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलचन सैजूको छ महिनामै सुरुवा भएको छ । आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गौलोचन सहित ८५ जना सह सचिवहरुको सरुवा भएको गरेको हो ।

सैजुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा सरुवा गरिएको छ । छ महिना अघि फागुन २५ गते रामेछापका प्रमुख जिल्ला अधिकारीको रुपमा गौलचन आएका थिए । गौलचन अघिका सिडियो अर्जुन गुरागाइँको दुई महिनामै सुरुवा भएको छ । रामेछापमा पछिल्लो समय सिडियो छोटो समयमा परिवर्तन गर्ने श्रंखला बढेको छ । गौलोचनको सुरुवा भएपनि नयाँ सिडियो पठाउने विषयमा गृह मन्त्रालयलले अझै निर्णय गरिसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्