अब पेट्रोल होइन, बिजुलीबाट चल्ने साधन चढौः कुलमान घिसिङ



असाेज ३, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् ।
उनले विद्युतको खपत बढाउनको लागि प्रसारण लाइनलाई तीब्र गतिमा निर्माण गर्नुपर्ने बताएका हुन् ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुरमा आयोजित एक कार्यक्रममा उनले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए । उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन आवश्यक छ, हामीले यसका लागि पहल गरिरहेका छौं, राज्यका सबै संयन्त्रले सहयोग गर्नुपर्छ, घिसिङले भने । प्रसारण लाइन निर्माणको क्रममा विभिन्न अवरोध हुँदा कामले प्रगति हासिल गर्न नसकेको भन्दै सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । प्रसारण लाइनका कारण दैनिक विद्युत् खेर गएको तर पाउनुपर्ने उद्योगीले नपाएकोप्रति प्राधिकरण गम्भीर रहेको उनले बताए ।
उहाँको भनाइ छ ।

चितवनको भरपुरबाट पश्चिम १३२ केभीको सिङ्गल सर्किटबाट ९० मेघावाट मात्रै विद्युत् पठाउन सकिएको भन्दै निर्माणधीन २२० केभी प्रसारण लाइन सम्पन्न भए करिब पाँच सय मेघावाट विद्युत् बुटवलसम्म पु¥याउन सकिनेछ । नवलपुर, परासी, बुटवल क्षेत्रमा उद्योगले विद्युत् धेरै माग गरिरहेको तर प्रसारण लाइनको अभावका कारण समस्या भएको बताउदै निर्देशक घिसिङले बुटवलसहित भैरहवा र नेपालगञ्जसम्म विद्युत् लोड बढाउन आफूहरु लागि परेको
बताए ।

तामाकोशी परियोजनाबाट अहिले चार सय छपन्न मेगावाट उत्पादन भइरहेको तर ट्रान्समिसन लाइन नहुँदा भरतपुरदेखि पश्चिम जान नसकेको जानकारी दिदैं उनले विद्युतको खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई बढाउँदै जानुपर्नेमा जोड दिए । घिसिङले पेट्रोलभन्दा धेरै सस्तोसमेत पर्ने भएकाले यसको प्रयोग बढाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको बताउँदै ठाउँ उपलब्ध गराए नवलपरासी पूर्व नवलपुर क्षेत्रमा समेत चार्जिङ स्टेशन निर्माण गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्