बालिकालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक युवक पक्राउ



४ असोज, रामेछाप ।
बालिकलाई बालयौन दुरुपयोग गरेको अभियोगमा सुनापति गाउँपालिका–२ दिमीपोखरीका एक युवक पक्राउ परेका छन् । बालिकलाई डर त्रास देखाएर आफ्नो घरमा लगेर अस्वभाविक व्यवहार गरेको अभियोगमा गाउँपालिका वडा नम्बर २ दिमीपोखरी स्थित मैरेका १८ बर्षिय राजकुमार रायमाझी पक्राउ परेका हुन् ।

पीडित बालिकाले आफूमाथि भएको व्यवहारको बारेमा परिवारका सदस्यलाई जानकारी गराएपछि पीडित परिवारले प्रहरी समक्ष उजुरी दिएको थियो । सोही उजुरीको आधारमा बालिकामाथि बालयौन दुरुपयोग गरेर काठमाडौं हिडेका रायमाझीले सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानालो पीडित परिवारले दिएको उजुरीको आधारमा रायमाझीलाई पक्राउ गरिएको बताए । उनले हिजाे पक्राउ गरेर आज जिल्ला अदालत रामेछापबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको रामेछाप न्युजलाई जानकारी दिए । उनलाई बालयौन दुरुपयोग कसुरजन्य अपराधिक कार्य अन्तर्गत सजय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्