एमाले खाँडादेवी गाउँ कमिटीको संयोजकमा कार्की र सचिवमा तामाङलाई नै निरन्तरता



४ असोज, रामेछाप ।

नेकपा एमाले खाँडादेवी गाउँ कमिटीको भेलाले  पुरानै कमिटीलाई अधिवेशन आयोजक किमिटी बनाउने निर्णय गरेको छ । सोमवार बसेको  एमाले गाउँकमिटीकको बैठकले  संयोजकमा पुष्पकरकुमार कार्की र सचिवमा मोतीलाल तामाङलाई निरन्तरता दिदै निर्णय गरेको हो ।

यसअघि २०७७ पुस ५ गते कार्कीलाई पार्टी गाउँपालिका अध्यक्ष घोषणा गरेको थियो । तत्कालीन अध्यक्ष ज्ञानकुमार श्रेष्ठ माधव नेपालको पक्षमा लागेपछि कार्कीलाई भेलाले अध्यक्ष बनाएको थियो । तर सोमवार ज्ञान कुमार श्रेष्ठकै अध्यक्षमा बसेको बैठकले यसअघि गठन गरेको कमिटीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । श्रेष्ठले वागमती प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएसँगै  दोहोरो जिम्मेवारी नलिने घोषणा गरेका थिए ।  श्रेष्ठले नै अहिले रहेको कमिटीलाई नै निरन्तरता दिन प्रस्ताव गरेका थिए ।

बैठकले पार्टीको ७५ सदस्य कमिटीले गरेको पार्टी संगठनको काम, पालिकाका सबै वडामा गरेको कमिटी गठन तथा पुर्नगठन, भातृ संगठनको गठन लगायतको कामलाई अनुमोदन गरेको छ । यसै गरी पार्टी सदस्यता नवीकरणको काम असोज १५ भित्र गरिसक्नुपर्ने निर्णय गरेको छ । बैठकले सबै वडा कमिटीको बैठक असोज ९ देखि १३ गतेसम्म सक्नु पर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा नेकपा रामेछापका इन्चार्ज कैलाश ढुंगेल,  एमाले रामेछापका उपाध्यक्ष प्रेम तामाङ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम खड्का लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्