यी हुन रामेछापका १३ सय ६३ क्षेत्रिय प्रतिनिधिहरु, कुन वडाबाट कति ? (नामावलीसहित)



६ असोज, रामेछाप ।
नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै जिल्लाको ८ स्थानीय तहको ६४ वडाबाट १३ सय ६३ जना क्षेत्रिय प्रतिनिधिहरु छनोट भएका छन् । गाउँ/नगर, जिल्ला र प्रदेशको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै क्षेत्रिय प्रतिनिधिहरुलाई आ–आफ्नो पक्षमा पार्न जिल्ला सभापतिका आकांक्षीहरुको दौडधुप सुरु भएको छ ।

रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीमा वडा अधिवेशन सम्पन्न भएर निर्वाचित वडा अध्यक्ष भिम बहादुर थापामगरले प्रमाणपत्र समेत पाइसकेका छन् । तर असन्तुष्ट समुहले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउदै निर्वाचन अधिकृत समक्ष उजुरी दिएपछि अझै निर्णय हुन सकेको छैन् । दिमीपोखरीको विवाद समाधान हुन नसक्दा ३७ जना क्षेत्रिय प्रतिनिधिहरुको टुंगो लाग्न सकेको छैन् ।

रामेछापको मन्थली नगरपालिकाबाट सबै भन्दा धेरै क्षेत्रिय प्रतिनिधिहरु छनोट भएका छन् । मन्थली नगरपालिकाको १४ वटा वडाबाट ३२१ जना क्षेत्रिय प्रतिनिधि छनोट भएका छन् । त्यसैगरी रामेछाप नगरपालिकाको ८ वटा वडाबाट १७९ जना, खाँडादेवी गाउँपालिकाको ९ वटा वडाबाट १८६, दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट १३२, सुनापति गाउँपालिकाको चार वटा वडाबाट १७८, लिखु तामाकोसी गाउँपालिकाबाट ११९, गोकुलगंगा गाउँपालिकाबाट १२९ र उमाकुण्ड गाउँपालिकाबाट १०१ जना क्षेत्रिय प्रतिनिधि छनोट भएको निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई जानकारी दिए ।

६४ वडाबाट यी हुन रामेछापबाट क्षेत्रिय प्रतिनिधिहरु

प्रतिक्रिया दिनुहोस्