मोटरसाइकल दुर्घटनामा परी रामेछापका सुनुवारको मृत्यु



६ असोज, काठमाडौं ।
मोटरसाइल दुर्घटनामा परी रामेछापका एक युवकको क्रममा निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–६ फर्पु निवासी ३२ बर्षिय लक्ष्मण सुनुवारको पेप्सीकोलामा मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछाप निवासी सुनुवार हाल काठमाडौं महानगरपालिकाका छाप्रोमा बस्दै आएका सुनवारलाई मंगलवार साँझ पदैल हिँडिरहेको अवस्थामा प्रदेश ३०२-०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि  उपचारको लागि मदरल्याण्ड अस्पताल पेप्सीकोलामा लगिएको थियो ।

मदरल्याण्ड अस्पतालमा उपचार हुन नकसेपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लैजाने क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त वानोश्वरले बनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्