केसी र चौलागाईको समर्थनमा महतले सभापतिमा उम्मेदवारी दिने



६ असोज, काठमाडौं ।
नेपाली कांग्रेसका नेता कृष्ण महतले पार्टी सभापतिको लािग उम्मेदवारी दिने भएका छन् । नेतात्रय अर्जुन केसी र भरत चौलागाई र कृष्ण महतबीच भएको समझदारी अनुसार सभापतिमा महतले उम्मेदवारी दिने निर्णय भएको हो । यसअघि केसी र चौलागाईले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

कृष्ण महतको समुहलाई पूर्व पार्टी सभापति रामचन्द्र खड्का लगायतका नेताहरुको समर्थन रहेको छ । आफूहरुको बीचमा भएको सहमति अनुसार सभापतिको उम्मेदवारमा कृष्ण महतलाई उठाउने निर्णय भएको नेता अर्जुन केसीले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्